विहारमा भाजपासँग नितिशले तोडे गठबन्धन

काठमाडौँ । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टी (भाजपा)सँगको गठबन्धन तोडेका छन् । नितिशले मंगलबार जेडीयू विधायक, सांसद र सबै वरिष्ठ नेताको बैठकमा यो निर्णय लिएका हुन् ।
बिबिसी हिन्दीका अनुसार मुख्यमन्त्री निवासमा चलिरहेको बैठकका बीच अहिलेसम्म आधिकारिक बयान आउन बाँकी रहेको छ । मुख्यमन्त्री नितिशले आज साँझ राज्यपाललाई भेटेर पदबाट राजीनामा दिने तयारीमा रहेका छन् ।
बिहारका कांग्रेसका वरिष्ठ नेता तथा पार्टी महासचिव तारिक अनवरले नितिश कुमारले राज्यपाललाई भेट्ने कुरा गरेको पुष्टि गरेका छन् । महागठबन्धनका घटक दलका महत्वपूर्ण नेताहरूसँगै मुख्यमन्त्री नितिशले राज्यपाललाई भेटेर समर्थन पत्र बुझाउने भएका हुन् ।
यसैबीच, उपमुख्यमन्त्री तारकिशोर प्रसादको निवास भाजपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बिहारमा आरजेडीको ७९ सिट रहेको छ । यस्तै, भाजपाको ७७, जेडीयूको ४५, कांग्रेसको १८ र लेफ्टको १६ सिट रहेको छ । एजेन्सी
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया