देउवासँग समाजवादी केन्द्रका अध्यक्षहरूको आग्रह : हामीलाई गठबन्धनमा स्थान दिनु

काठमाडौँ । आगामी मंसिरमा संघ र प्रदेशसभा निर्वाचनको मिति तय भएसँगै सत्ता गठबन्धन दलहरूभित्र सिट बाँडफाँड छलफल चलिरहेको छ । यस क्रममा कांग्रेसले सय र बाँकी सिट अन्य दलहरूले बाँडफाँड गर्नु पर्ने कांग्रेसको माग रहेको छ । अन्य दलले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै आएको छ ।
यसै क्रममा गत असार ११ गते पूर्व एमाले नेता बामदेव गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन भई अहिले नेपाल समाजवादी केन्द्र नाम राखेको समूहले गठबन्धनमा आफूलाई स्थान दिनु पर्ने धारणा राखेको छ । यसका लागि केन्द्रका अध्यक्षहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा, युवराज सफल र बद्रि यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
उनीहरूले गठबन्धनमा सहभागी गराएर संघ र प्रदेशमा आआफ्नै चुनाव चिन्हबाट जान दिन माग गरेका छन् । ‘हामीलाई गठबन्धनमा सहभागी गराई आआफ्नै चुनाव चिन्हमा वा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा सहभागी हुन तयार रहेकाले हामीलाई पनि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा सत्ता गठबन्धनमा सहभागी गराई दिनु हुन अनुरोध गर्दै यो निवेदन पेश गरका छौँ,’ चार अध्यक्षले हस्ताक्षर गरेका विज्ञप्तिमा भनिएको छ ।
















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया