अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २० लाख बिगो दाबी
मेरोन्यूज
२०७९ साउन २४ गते १६:०६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरूले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव इञ्जिनियर हिमाल कुमार मल्ल, सव इञ्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सम्बन्धित
















पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया