स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई वर्तमान सङ्कटबाट मुक्त गराउन निष्पक्ष निर्वाचन र नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए ।
संयोजक दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको भन्दै चुनावका समयमा हुने अवाञ्छीत गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो । “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्नसक्छ”, उनले भने, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गर्न लागौँ ।
जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ ।” कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।
















स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया