आईएमई लाइफ इन्स्योरेन्सद्वारा सबै प्रदेशमा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौ वर्ष पूरा गरेको उपलक्ष्यमा सबै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार पाँचौ वर्ष पूरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सात वटा प्रदेशका विभिन्न आठ स्थानमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।
प्रदेश १ मा सुनसरी चक्रघट्टीमा आँखा शिविर कार्यक्रम गरिएको थियो । त्यस्तै, मधेश प्रदेशमा बारा, कलैयामा दन्त शिविर सञ्चालन गरिएको थियो । बागमती प्रदेशमा चितवन, नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर कार्यक्रम गरिएको थियो । उक्त शिविरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा शिविर कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै, गण्डकी प्रदेशमा लमजुङको सोती पसलमा जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशमा गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीस्थित टीकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ ।
यसअघि गत शुक्रबार मुलुकभर गरिएको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै, शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाण पत्र वितरण गरिएको थियो । ०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहक वर्गका विभिन्न आवश्यकतासँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजना प्रदान गर्दै आइरहेको छ ।
जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया