भाजपासँग गठबन्धन तोडेपछि नितिशद्वारा सात दलको समर्थनमा सरकार बनाउने प्रयास

काठमाडौँ । जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।
आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आएको बताए । उनका साथ आरजेडीका नेता तेजश्वी यादव रहेका थिए ।
जनता दल युनाइटेड र आरजेडीको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ । गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भाजपाका ७७ जना विधायक छन् ।
नेता नितिश कुमारले आजै जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गरेका थिए । त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय मागेका थिए ।
आजै पूर्वमुख्यमन्त्री राबडी देवीको निवासमा आरजेडी नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो । बैठकले तेजश्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको थियो ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया