बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला
मेरोन्यूज
२०७९ साउन २५ गते १४:५९

काठमाडौं । बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बझङका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘हामी घटनास्थल पुग्दैछौँ, के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले भने । स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गइरहेको हो।
झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।
सम्बन्धित
















पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया