आइतबार, फागुन ३, २०८२

रियलमीकाे ‘नार्जो ५०ए प्राइम’ बजारमा, के के छन् विशेषता ?

मेरोन्यूज २०७९ साउन २५ गते १७:२८

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० MAH ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् ।

Advertisement
nepal life insurencenepal life insurence

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरी ज्युले भन्नुभयो, “नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको FHD डिस्प्ले र ५० MP क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।”

रियलमी नार्जो ५० ए प्राइममा समावेश केहि विशेषताहरुः

यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ mmको अल्ट्रा स्लिम स्मार्टफोन हो जसको तौल १९२.५ ग्राम रहेको छ ।

युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन 2D बाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन हो । यसमा समावेश गरिएको ५० MP AL ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ ।

यस स्मार्टफोनमा ५० MP प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको B&W लेन्स समावेश छ,जस्ले प्रयोगकर्ताहरूलाई जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ । यसको अगाडिको 8MP HDR क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ । रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली Unisoc T612 द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर12nm प्रोसेसर हो जसले 2.0 GHz सम्मको पावोर र Cortex A75 संरचना समर्थन गदर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्दछ । १६.७ सेमी (६.६”) FHD डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइम ले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यो स्मार्टफोनमा मेगा ५०००MH ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्दछ । फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ ।

रु. २१,७९९ रहेको रयलमी नर्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलर, ४+१२८न्द्य भेरियन्टमा श्रवण २३ गते बाट बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया