स्वावलम्बन लघुवित्तले नाफा बढाउँदा ईपीएस र नेटवर्थ कति छ ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ ।
यता, सञ्चालन नाफा पनि १४.६१ प्रतिशतले बढेको छ । यसको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो । यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ ।
रिजर्भ २८.८९ प्रतिशतले बढेको छ । यसको रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ४।३८ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया