बोगटीलाई सम्झिँदै प्रचण्डले भने : डाक्टर र वैद्यलाई मिलाउन सक्ने थिए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।
कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले १७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेता कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो, खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक त ।’
विचार र व्यवहारप्रति नेताहरू धरमाराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको दाबी गरे । यसलाई जोगाउन उनले आग्रह गरे । साथै, वाम एकताको प्रयास पनि जारी रहेकाले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरौ सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्पन आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’
उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’
उनले कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए । उनले भने, ‘ अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ, उनीहरू आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत भएको गुनासो छ, हामीले पनि अनुभव गरिरहेका छौँ, तर आज समाजले अर्को व्यवहार मागिरहेको छ, यो अन्तर विरोधलाई समाधान गर्नु पर्छ ।’
स्व. बोगटीको आरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अदभुत क्षमता उनका थियो ।’ पार्टीभित्रका डाक्टर र वैद्यहरुलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनको भनाइ छ ।

















आज २६३औँ सेना दिवस मनाइँदै
कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने
आजको मौसम : उच्च पहाडी र हिमाली स्थानमा हल्का वर्षासहित हिमपात
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया