विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु
काठमाडौँ । भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका हुन् ।
घरेलु मदिरा सेवन गरेकाले उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि, त्यो यकिन हुन बाँकी रहेको छ । शल्य परीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ ।
विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिराबाट सर्वसाधारणको मृत्यु भएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ ।
यही साउन २० गते विषाक्त मदिरा सेवनबाट सोही जिल्लाको छप्रामा आठ जनाको मृत्यु भएको थियो । केही गम्भीर रूपमा बिरामी भएका थिए ।
भारतमा विषाक्त मदिराको सेवन अत्याधिक हुने गरेको र त्यसले हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । सन् २०१६ देखि राज्यमा मदिरामाथि प्रतिबन्ध लगाइएको भए पनि मदिरा बिक्री र सेवनबाट हताहतिका यस्ता घटना रोकिएका छैनन् ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया