शनिबार, फागुन ३०, २०८२

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेरोन्यूज २०७९ साउन २९ गते १७:२९

काठमाडौँ । नबिल बैंकले ललितपुर महानगर २१ खोकनामा डिजिटल बंैकिङ तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाबारे विशेष प्रस्तुती दिएको थियो । ललितपुर महानगर २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के.सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको उपस्थिती थियो ।

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक तत्पर रहेको बताए । त्यस्तै, ललितपुर महानगर २१ खोकनाका वडाध्यक्ष रविन्द्र महर्जनले कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशीक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबद्र्धनमा बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताएका थिए ।

प्रतिक्रिया