स्कोर्पियोको ठक्करबाट भारतीय नागरिकको मृत्यु
मेरोन्यूज
२०७९ साउन २९ गते १८:१२
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगर ९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
पथलैया वीरगञ्ज सडक खण्डमा रहेको महागढी पेट्रोल पम्प नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकललाई ठक्कर दिँदा साइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनामा परेर साइकल चालक भारत घर भई हाल पर्सा जिल्ला वीरगञ्ज महानगर ३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगञ्ज महानगर २४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया