जंगली जनावरको आक्रमणबाट दुईको मृत्यु
काठमाडौँ । भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानीका दुईको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काट्न गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जंगली जनावरको आक्रमणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
‘उनीहरु आज आफ्नो घरदेखि तीन चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जंगलमा) घाँस काट्न गएका रहेछन्,’ सूचना अधिकारी कार्कीले भने, ‘घाँस काट्न गएका उनीहरू अबेरसम्म नफर्किएपछि आफन्तले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे ।’
खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोज तलास गर्दै जाँदा दुवैलाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उनले बताए ।

















Birgunj Customs Office collects Rs 135.48 bn in revenue in seven months
इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने
ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया