डीएसपी चुडालले कसरी पाइन् दरबारमार्ग वृत्तको जिम्मा ?

काठमाडौँ । नेपाल प्रहरीमा नायब उपरीक्षक (डीएसपी) सरुवा गर्दा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो पद बचाइदिने न्यायधीशको सिफारिसलाई प्राथमिकतामा राखेको चर्चा अहिले प्रहरी हेडक्वार्टरमा चलेको छ ।
कार्य सम्पादनमा कमजोर रहेकी डीएसपी कोपिला चुडाललाई सर्वोच्च अदालतका न्यायधीशको सिफारिसमा दरबारमार्ग वृत्तको प्रमुख बनाएको भन्दै प्रहरीभित्र विवाद भइरहेको छ ।
यसअघि चुडालले प्रमुख हुँदा काम गर्न नसकेर चार महिनामै फिर्ता बोलाइएकी थिइन् । त्यसपछि उनले आफ्नो पद बचाइदिने न्यायाधीशको सिफारिसमा दरबारमार्ग जस्तो संवेदनशील स्थानको प्रमुख बनाइएको भन्दै प्रहरीमा असन्तुष्टि छाएको हो ।
प्रहरीका अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक वरिष्ठ उपरीक्षकहरूले दरबार मार्गको प्रमुख दिनु उपयुक्त नहुने भन्दै महानिरीक्षक सिंहले सुझाव दिएपनि सिंहले त्यसलाई लत्याउँदै चुडाललाई दलबारमार्ग वृत्त सुम्पिएका हुन् ।
पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई छाडेर सिंहलाई महानिरीक्षक बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेपछि पोखरेल निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए । महानिरीक्षकका बारेको मुद्दा हेर्ने न्यायाधीशहरूमध्य एक चुडालका नातेदार हुन् ।
ती नातेदार न्यायधीशले सिंहलाई महानिरीक्षक बनाउँदा ‘चेन अफ कमाण्ड’ भत्किने र संगठनमा नराम्रो असर पर्ने भन्दै फैसलामा फरक मत लेख्ने बताइरहेका थिए । तर, त्यो विषय सिंहले थाहा पाएपछि ती न्यायधीशलाई उनले भनेको काम गरिदिने भन्दै सहयोग मागेका थिए । सोही सहमति अनुरुप न्यायधिशका आफन्त चुडाललाई दरबार मार्ग वृत्तको प्रमुख बनाइएको स्रोतले बतायो ।
चुडाललाई पहिला अपराध अनुसन्धान व्यूरोबाट काज सरुवा गरेर दरबारमार्ग बृत्तमा पु¥याएकोमा २४ साउनमा दरबारमार्ग बृत्तमा सरुवा नै गरियो ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया