आईएमई लाइफ इन्स्योरेन्सद्वारा करिब ६ हजार विद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सबै प्रदेशका शैक्षिक प्रतिष्ठानमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।
नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।
बीमा कम्पनीले एकैदिन पाँच हजार ८४८ भन्दा बढी विद्यार्थीलाई बीमासम्बन्धी जनचेतना प्रवाह गरेको हो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीलाई बीमासम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।
इन्स्योरेन्सले पाँचौ वर्ष पूरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट बृहत रक्तदान तथा सातै प्रदेशमा एक हजार ३०२ जना लाभान्वित हुने गरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।















‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया