बाबुरामको पार्टीको सूदुरपश्चिम भेला भोलि

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र महेन्द्रराय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी प्रदेश भेलामा जुटन थालेको छ । नेसपाले सूदुरपश्चिम प्रदेशमा भेला आयोजना गर्न लागेको छ । नेसपाका कार्यकारिणी सदस्य तथा सूदुरपश्चिम प्रदेश इन्चार्ज डा. जनक राज शाहका अनुसार सूदुरपश्चिमस्तरीय भेला भोलि मंगलबार (साउन ३१ गते) आयोजना हुँदैछ ।
धनगढी उपमहानगरपालिका वार्ड ५ हसनपुर स्थित होटल विकासको सभा हलमा भेला आयोजना गरिएको शाहले बताए । भेलामा सूदुरपश्चिम प्रदेशमा राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक बिचारधारा बोक्ने नेपाल समाजवादी पार्टी का सम्पुर्ण नेताकार्यकर्ताहरुर सदस्य समर्थक शुभचिन्तकहरु लाई अनिवार्य उपस्थितिको लागि आग्रह गरिएको शाहले बताए ।
नेसपाले आगामी मंसिर ४ गते तय भएको प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावमा माओवादी केन्द्रको चुनाव चिन्ह्रमा चुनाव लड्ने भएको छ । त्यसका लागि डा बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका वीचमा समझदारी बनिसकेको छ । दुवै पार्टीको भोलि नै बैठक बसेर यस बारेमा औपचारिक निर्णय लिने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी पनि भएको छ ।
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया