सोमबार, माघ ५, २०८२

नेप्से परिसूचक भारी अंकले वृद्धि, आज कति पुग्यो ?

मेरोन्यूज २०७९ साउन ३० गते १५:३४

काठमाडौँ । लगातार घटेको सेयर बजार आज उकालो लागेको छ । साताको दोस्रो दिन आज ५५.८८ अंकले बढ्दै नेप्से परिसूचक २०६५.८९ बिन्दुमा पुगेको छ ।

आज सबै उपसमूहको नेप्से बढ्दा कारोबार रकमसमेत वृद्धि भएको छ । कूल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।

कारोबार भएकामध्ये रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्यसमेत घटेको छ ।

प्रतिक्रिया