नेपाल टेलिकमको आम्दानी साढे ८ अर्बले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ मा साच अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८–७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।
गत आर्थिक वर्षका सेवावापतको कूल आम्दानी ५.४४ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ८८ करोड ९९ लाख ५९ हजार पुगेको छ । त्यस्तै, अन्य आम्दानी २.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
कम्पनीको दुवै आम्दानीमा वृद्धि हुँदा कूल आम्दानी ५ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ३२ करोड १३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कूल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
कूल आम्दानी दुई अर्ब ११ करोडले बढाएको टेलिकमले सञ्चालन खर्चपछिको आम्दानी करिब दुई अर्बले बढाएको छ । कम्पनीको कर्जाको ब्याज खर्च, ह्रास कट्टीभन्दा अगाडिको आम्दानी अघिल्लो आवमा १८ अर्ब ४६ करोड १९ लाख ७६ हजार रहेकोमा गत आबमा बढेर २० अर्ब ३७ करोड ६४ लाख ६४ हजार पुगेको छ ।














गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया