नेपाल टेलिकमको आम्दानी साढे ८ अर्बले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ मा साच अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८–७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।
गत आर्थिक वर्षका सेवावापतको कूल आम्दानी ५.४४ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ८८ करोड ९९ लाख ५९ हजार पुगेको छ । त्यस्तै, अन्य आम्दानी २.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
कम्पनीको दुवै आम्दानीमा वृद्धि हुँदा कूल आम्दानी ५ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ३२ करोड १३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कूल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
कूल आम्दानी दुई अर्ब ११ करोडले बढाएको टेलिकमले सञ्चालन खर्चपछिको आम्दानी करिब दुई अर्बले बढाएको छ । कम्पनीको कर्जाको ब्याज खर्च, ह्रास कट्टीभन्दा अगाडिको आम्दानी अघिल्लो आवमा १८ अर्ब ४६ करोड १९ लाख ७६ हजार रहेकोमा गत आबमा बढेर २० अर्ब ३७ करोड ६४ लाख ६४ हजार पुगेको छ ।















यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
शनिवार बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया