सोमबार, माघ ५, २०८२

प्रभु क्यापिटलको ग्राहकका लागि विशेष अफर

मेरोन्यूज २०७९ साउन ३१ गते १८:१२

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । यही ३१ साउनदेखि क्यापिटल तथा एक्सप्रेस इट्सका बीचमा समझौता भएको छ ।

यस योजनाअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेण्ट गर्दा प्रोमो कोडमा ‘प्रभु सीएपी १०’ उल्लेख गर्नु पर्नेछ ।

यसैगरी, यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्र्तगत रोड हाउस पिज्जा, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट बिल पेमेण्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नु पर्ने छ ।

प्रतिक्रिया