नेपाल टेलिकमका ग्राहकलाई इण्डिया भ्वाइस प्याक उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इण्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १)देखि लागु भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।
इण्डिया भ्वाइस प्याक– डेली अफरअन्तर्गत २४ घण्टा (एक दिन)मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी बिक्ली अफरअन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मासिक अफरअन्तर्गत ३० दिन (एक महिना)सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमश २५९ मा र ७५९ रुपैयाँमा उपलब्ध छन् ।
एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी ७ नम्बर छनौटपश्चात् खरिद प्रक्रियाअघि बढाउन सकिन्छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया