नेपाल टेलिकमका ग्राहकलाई इण्डिया भ्वाइस प्याक उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इण्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १)देखि लागु भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।
इण्डिया भ्वाइस प्याक– डेली अफरअन्तर्गत २४ घण्टा (एक दिन)मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी बिक्ली अफरअन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मासिक अफरअन्तर्गत ३० दिन (एक महिना)सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमश २५९ मा र ७५९ रुपैयाँमा उपलब्ध छन् ।
एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी ७ नम्बर छनौटपश्चात् खरिद प्रक्रियाअघि बढाउन सकिन्छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।















मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
रास्वपाले आशिका तामाङलाई दियो टिकट
स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया