स्विडेनमा जन्मदर अत्यन्त न्यून, जम्मा ५४ हजार बच्चा जन्मिए
काठमाडौँ । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।
स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा बिहीबार दिएको जानकारीअनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो ।
स्विडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताए । जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाइ छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउँछन् ।
सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरसविरुद्धको खोप अभियान, आर्थिक सङ्कट लगायत कारण हुन सक्ने उनको बुझाइ छ । गत जुन ३० सम्मको तथ्याङ्कअनुसार स्विडेनको अहिलेको कूल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया