स्विडेनमा जन्मदर अत्यन्त न्यून, जम्मा ५४ हजार बच्चा जन्मिए
काठमाडौँ । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।
स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा बिहीबार दिएको जानकारीअनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो ।
स्विडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताए । जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाइ छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउँछन् ।
सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरसविरुद्धको खोप अभियान, आर्थिक सङ्कट लगायत कारण हुन सक्ने उनको बुझाइ छ । गत जुन ३० सम्मको तथ्याङ्कअनुसार स्विडेनको अहिलेको कूल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया