हर्क र बालेनलाई दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह ९बालेन० र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् ।
काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।
यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरु निर्वाचित भएका हुन् ।
उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।
कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया