लागु औषधसहित दुई जना पक्राउ
काठमाडौँ । बाराको बाराको निजगढ नगरपालिका ८ बाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जाँच गर्ने क्रममा दुई जनालाई लागु औषधसहित पक्राउ गरेको हो । बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि रहेको पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर जाँच गर्दा निजगढ नगरपालिकाका ९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका ७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई इलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागु औषध फेला परेपश्चात उनीहरू सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
बाराको निजगढ लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागुऔधषसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।
















हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया