मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्बिरलाई प्रेमिकाले राखिन लिलामीमा

न्युयोर्क । एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन् । सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन् । त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए । इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार सुश्री ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामी गर्दैछिन् ।
मस्कसँग उनको सम्बन्ध एक वर्षसम्म चलेकोे थियो। ४८ वर्षकी ग्विन संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलिनामा बस्छिन् । उनले लिलामीका लागि राखेका तस्बिरहरूमा मस्क विश्वविद्यालय क्याम्पसको वरिपरि रमाइलो गर्दै साथीहरूसँग कोठामा सुतेको र कम्प्युटरमा काम गरिरहेको देखाइएको छ ।
यी तस्बिरहरू आरआर लिलामीद्वारा अनलाइन राखिएका छन्, जसमध्ये अधिकांशको न्यूनतम कबोल १०० बाट सुरु हुन्छ ।
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया