यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० राष्ट्र, कुनसँग कति छ घाटा ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
कुल वैदेशिक व्यापारमध्ये नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युएई, ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन् ।
भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ ।
यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया