आइतबार, माघ ११, २०८२

काठमाडौं उपत्यका प्रहरी प्रवक्ताको जिम्मेवारी एसपी सीताराम रिजाललाई

मेरोन्यूज २०७९ भदौ ११ गते १४:२७

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाललाई दिइएको छ ।

काठमाडौं उपत्यका प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसपी रिजाललाई प्रवक्ता तोकिएको कार्यालयले जनाएको छ ।

प्रवक्ता रिजाललाई फोन नम्बर ९८५१२६०४६० र ईमेल metrospokesperson@gmail.comमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया