बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ भदौ १२ गते ११:०८

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् ।
उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया