मोबाइल व्यवसायीहरुका लागि नबिलले गर्यो वित्तिय अन्तक्रिया कार्यक्रम

भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ्ग, क्यूआर मर्चेन्ट र फोन लोनको बारेमा छलफल गरेको थियो।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए।
उनका अनुसार नबिल च्यानल फाइनान्सिङ्गले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोन लोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ। त्यसै गरि उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्डमार्फत् उपलब्ध गराईएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए।
कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो। प्यानल सदस्यहरुका रुपमा प्रहरी निरिक्षक सुजन केसी, संघका अध्यक्ष, दिनेश चुल्याधोलगायतको उपस्थिति रहेको थियो।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया