मोबाइल व्यवसायीहरुका लागि नबिलले गर्यो वित्तिय अन्तक्रिया कार्यक्रम

भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ्ग, क्यूआर मर्चेन्ट र फोन लोनको बारेमा छलफल गरेको थियो।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए।
उनका अनुसार नबिल च्यानल फाइनान्सिङ्गले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोन लोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ। त्यसै गरि उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्डमार्फत् उपलब्ध गराईएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए।
कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो। प्यानल सदस्यहरुका रुपमा प्रहरी निरिक्षक सुजन केसी, संघका अध्यक्ष, दिनेश चुल्याधोलगायतको उपस्थिति रहेको थियो।
















२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
Former PM Dr Bhattarai files candidacy for HoR polls
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया