पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो
मेरोन्यूज
२०७९ भदौ १४ गते १०:४१

काठमाडौं / पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो ।
पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुदैँ आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी ढोका बन्द हुदैँ आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।
पशुपतिनाथको पुर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।
सम्बन्धित

















नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
आज शुक्रबारकाे सुन चाँदीकाे मूल्य यस्ताे
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया