कतार विश्वकपमा अर्जेन्टिनाले प्याजी रंगको जर्सी लगाएर खेल्ने
अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ

एजेन्सी । कतारमा आगामी मंसिरबाट शुरु हुन लागेको फिफा विश्वकपमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको छ ।
अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । जर्सी सार्वजनिक कार्यक्रममा कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ ।
एडिडासले लैंगिक समानताबाट प्रेरित भएर प्याजी रंग रोजेको बताएका छ । ‘लैंगिक समानताको संदेश दिने यस जर्सीले निकै महत्त्व बोकेको छ । यसले विविधता र समावेशीलाई पनि साथ दिएको छ । हामी खेलकुदको माध्यमबाट सामाजिक परिवर्तन ल्याउन चाहन्छौं । र फुटबल त्यसलाई यथार्थमा बदल्न बलियो भूमिका खेल्न सक्छ,’ एडिडास अर्जेन्टिनाका प्रबन्ध निर्देशक पाब्लो लामोले भने ।
अर्जेन्टिनाले विश्वकपमा प्रयोग गर्ने जर्सी पुन प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरेर बनाइएको हो । यसमा ५० प्रतिशत पार्ले ओसन प्लास्टिक पनि प्रयोग गरीएको छ ।
अर्जेन्टिनाले गत महिना नै विश्वकपमा प्रयोग हुने होम जर्सी सार्वजनिक गरिसकेको छ । होम जर्सी भने परम्परागत सेतो र आकाशे निलो रंगको सम्मिश्रण छ । जर्सीको पछाडी भागमा भने यसपटक अर्जेन्टिनाको झन्डाको डिजाइन राखिएको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया