शनिबार, मंसिर १३, २०८२

कतार विश्वकपमा अर्जेन्टिनाले प्याजी रंगको जर्सी लगाएर खेल्ने

अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ

मेरोन्यूज २०७९ भदौ १४ गते १२:२९

एजेन्सी । कतारमा आगामी मंसिरबाट शुरु हुन लागेको फिफा विश्वकपमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको छ ।

अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । जर्सी सार्वजनिक कार्यक्रममा कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ ।

एडिडासले लैंगिक समानताबाट प्रेरित भएर प्याजी रंग रोजेको बताएका छ । ‘लैंगिक समानताको संदेश दिने यस जर्सीले निकै महत्त्व बोकेको छ । यसले विविधता र समावेशीलाई पनि साथ दिएको छ । हामी खेलकुदको माध्यमबाट सामाजिक परिवर्तन ल्याउन चाहन्छौं । र फुटबल त्यसलाई यथार्थमा बदल्न बलियो भूमिका खेल्न सक्छ,’ एडिडास अर्जेन्टिनाका प्रबन्ध निर्देशक पाब्लो लामोले भने ।

अर्जेन्टिनाले विश्वकपमा प्रयोग गर्ने जर्सी पुन प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरेर बनाइएको हो । यसमा ५० प्रतिशत पार्ले ओसन प्लास्टिक पनि प्रयोग गरीएको छ ।

अर्जेन्टिनाले गत महिना नै विश्वकपमा प्रयोग हुने होम जर्सी सार्वजनिक गरिसकेको छ । होम जर्सी भने परम्परागत सेतो र आकाशे निलो रंगको सम्मिश्रण छ । जर्सीको पछाडी भागमा भने यसपटक अर्जेन्टिनाको झन्डाको डिजाइन राखिएको छ ।

प्रतिक्रिया