शुक्रबार, फागुन ८, २०८२

नागरिकता विधेयकमा सत्ता पक्षले भोटको राजनीति गरे : सांसद दाहाल

मेरोन्यूज २०७९ भदौ १६ गते १८:१३

काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गर्नु पर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले सहमतिमा पारित गर्नु पर्ने बताएका हुन् ।

उनले विधेयकमाथि आफ्नो पार्टीको फरक मत रहेको उल्लेख गर्दै सम्बोधन गरिनु पर्ने बताए । उनले विधेयकलाई सहमतिको दस्तावेजको रुपमा पारित गरिनु पर्ने बताएका थिए ।

‘यो विधेयक हाम्रो अगाडि प्रस्तुत भएको छ, विधायन व्यवस्थापन समितिमा छलफल भएको छ, विधायन व्यवस्थापन समितिमा छलफल भएर हामीले फरक मत राखेका छौँ,’ उनले भने ।

उनले विधेयकलाई विधायन व्यवस्थापन समितिमा बहुमतले पारित गरेको उल्लेख गर्दै समितिमा पनि आफूहरुले गम्भिर असहमति राखेको स्पष्ट पारेका थिए । उनले नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाए ।

प्रतिक्रिया