शुक्रबार, फागुन ८, २०८२

लमजुङ कांग्रेसद्वारा प्रदेशसभामा उम्मेदवार सिफारिस

मेरोन्यूज २०७९ भदौ १७ गते १४:४१

काठमाडौँ । नेपाली कांग्रेस लमजुङले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा ‘क’ र ‘ख’का उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि ४ जना र प्रदेश ‘ख’का लागि ७ जनाको नाम सिफारिस गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सभा ‘क’का लागि पूर्व सभापति शंकरकान्त जोशीसहित नेताहरू डिकेन्द्रराज कंडेल, रामकृष्ण कंडेल र सुवाश पौडेल छन् ।

यस्तै, प्रदेशसभा ‘ख’का लागि निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेल, वर्तमान उपसभापति आनन्द घिमिरे, जिल्ला सभापतिका प्रत्यासि एवं जिल्ला सदस्य गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवं तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेताहरु डा. लक्ष्मीकान्त पौडेल र नवराज न्यौपाने उम्मेदवार सिफारिस भएका छन् ।

कांग्रेस स्रोतका अनुसार प्रदेशसभा ‘क’ मा पूर्व सभापति शंकरकान्त जोशी र प्रदेश सभा ‘ख’मा निवर्तमान सभापति भेषबहादुर पौडेलले टिकट पाउने प्रवल सम्भावना छ ।

जोशी जिल्ला विकास समिति लमजुङका पूर्व सभापति हुन् । पौडेल ०७४ को स्थानीय चुनावमा बेँसीसहर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

प्रतिक्रिया