शुक्रबार, फागुन ८, २०८२

अर्को गठबन्धन बनाउने ठाउँमा छैनौँ : प्रचण्ड

मेरोन्यूज २०७९ भदौ १७ गते १४:५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका लागि सत्ता गठबन्धन सहमति हुने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले निर्वाचनमा जित्ने आधार पत्ता लगाएर दलहरू भोलि (शनिबार)को बैठकमा प्रस्तुत हुने बताए । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय प्रशिक्षणमा बोल्दै प्रचण्डले भने, ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौँ, यही गठबन्धनबाट गएर स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जानु पर्छ भन्ने लागेको छ ।’

उनले कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने बताए । ‘पहिला उदार भएर जे कमी गरेका छौँ, त्यो हुन दिइँदैन, प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौँ,’ उनले भने, ‘केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् ।’

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ ।

प्रतिक्रिया