शुक्रबार, मंसिर १२, २०८२

नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

मेरोन्यूज २०७९ भदौ १७ गते १५:४५

काठमाडौँ । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१९ रनको लक्ष्य दिएको छ । केन्याविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले २१९ रनको लक्ष्य पाएको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपाल र केन्याबीच खेल भएको हो । खेलमा केन्याले ४८.१ ओभर खेल्दै अल आउट हुँदै २१८ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र करन केसीले ३-३ विकेट लिएका थिए । त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १-१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए ।

प्रतिक्रिया