शुक्रबार, मंसिर १२, २०८२

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

मेरोन्यूज २०७९ भदौ १८ गते १५:१९

काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले केन्या २३१ रनको लक्ष्य दिएको छ । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले ४९.२ ओभर खेल्दै २३० रन बनाएको हो ।

केन्याको नैरोवीस्थित जिमखाना मैदानमा भएको खेलमा नेपालले अलआउट हुँदै २३० रन बनाउन सकेको हो ।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एक दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । आजको खेलमा नेपालले जिते एक खेलअगाडि नै जित हात पार्ने छ ।

नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए ।

प्रतिक्रिया