बार्सिलोना र रियल मड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।
२१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो । बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ ।
यता, अर्को खेलमा रियल बेटिसमाथि २–१ को जित निकाल्दै साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा सतप्रतिशत जित यात्रा कायम राखेको छ ।
सान्टियागो बर्नबेउमा घरेलु टिमको जित यात्रालाई कायम राख्न भिनिसियस जुनियर रोड्रिगोले गोल गरे । रियल बेटिसका सर्जियो क्यानालेसले गोल गरेका थिए ।
जितसँगै चार खेलबाट १२ अंक जोडेको मड्रिड शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।
















मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया