उर्जा लागत र कर कटौती गर्ने ट्रसको बाचा

लन्डन । बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने वाचा गरेकी छिन् । टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि उनले यस्तो बाचा गरेकी हुन् । पार्टी नेतृमा विजयी भएपछि ट्रसले अर्थतन्त्रको विकास गर्न र बेलायतलाई मन्दीबाट जोगाउन कर कटौतीको बाचा गरेकी हुन् ।
नयाँ प्रधानमन्त्रीले थ्याचरपछिकै खराब समयको सामना गर्नुपर्ने सन्डे टाइम्सले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको पृष्ठभूमिमा मुद्रास्फीति दोहोरो अंकमा बढेको र उर्जाको मूल्य आकाशिदा बेलायत जीवनयापनको खराब संकटबाट गुज्रिएको छ ।
यसै वर्षको अन्त्यमा बेलायत आर्थिक मन्दीतर्फ धकेलिँदै गर्दा ट्रसले कर कटौती गर्ने र आर्थिक वृद्धिलाई प्राथमिकता दिने बताएकी थिइन् । कर कसरी कटौती गर्ने भन्ने बारेमा एक महिनाभित्र पूर्ण योजना लिएर आउने र बेलायती अर्थतन्त्रलाई अगाडि बढाउने उनले बताएकी छिन् ।
ट्रस आज नै प्रधानमन्त्रीमा नियुक्त हुँदै छिन् । बोरिस जोनसनको बिदाइ सम्बोधनपछि बेलायती महारानीले बालमोरल क्यासलमा उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन् ।एजेन्सी










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया