सोमबार, माघ १२, २०८२

घाँस काट्न गएका धनुषाका दुई युवती मृत फेला

मेरोन्यूज २०७९ भदौ २२ गते ८:५०

धनुषा । धनुषामा घाँस काट्न गएका दुई युवती मृत फेला परेका छन् । नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा मृत फेला परेका हुन् ।

उनीहरुको शव नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा फेला परेको प्रहरीले जनाएको छ।

घटना शंकास्पद देखिएको छ । यधपी, उनीहरुको शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिएको छ ।
प्रहरीका अनुसार, मृतक मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए। चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए।

उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया