उद्घाटनकै दिन भत्कियो पुल, रिबन काट्ने महिलालाई उद्धारकर्मीले जोगाए

कंगो / लोकतान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन गर्न उभिएका देखिन्छन् । पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो ।
भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन् । तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए ।
दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पुल भत्किएपछि मानिसहरूले निर्माणको गुणस्तरको खिल्ली उडाएका छन् ।
आइ हररेका अनुसार उक्त घटना गत साता भएको हो । पुल भत्किएर दुई भागमा छुट्टिएको छ ।
स्थानीय खामा प्रेसका अनुसार वर्षायाममा स्थानीयलाई खोला तर्नका लागि यो सानो पुल निर्माण गरिएको हो । पुल निर्माण हुनुअघि त्यहाँ रहेको अस्थायी संरचना पनि बारम्बार भाँचिने गरेको स्थानीयले बताएका छन् ।
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया