सोमबार, माघ १२, २०८२

सोमबारदेखि वेपत्ता कैलालीकी किशोरी मृत फेला, गोजीमा भेटियो ‘नारी’ शिर्षकको कविता

मेरोन्यूज २०७९ भदौ २४ गते १२:४७


काठमाडौं । कैलाली जिल्लाको नगढी उपमहानगरपालिका–१३ मोहनपुरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गत सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १६ वर्षीया आस्था शर्मा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत ति किशोरी मोहना नदी किनारमा शव फेला परेको हो । उनको सोमबार ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । प्रहरीले शवको पोस्टमार्टम गर्ने तयारी थालेको छ ।

सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ । मृतक आस्था आफ्नो साथीसहित आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको हो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

गोजीमा भेटियो ‘नारी’ शिर्षकको कविता
शुक्रबार विहान भेटिएकी किशोरीले लगाएको ट्र्याकको गोजिमा एक कविता फेला पारेको छ । सोही कविताका आधारमा नै प्रहरीले शवको पहिचान गरेको हो । प्रहरीले शव फेला परेपछि उनको ट्र्याकको गोजिमा एक कविता लेखिएको कागज भेटिएको हो । आस्थाले कागजमा ‘नारी’ शिर्षकको कविता लेखेको भेटिएको छ ।
‘नारी कहिलै आमा हुन्छ । कहिलै बुहारी हुन्छ । कहिले छोरी हुन्छ । तर पनि नारीलाई यो समाजले सम्मान गर्न सकेको छैन’ उक्त कवितालाई उदृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकरीले भने, ‘उक्त कवितामा नारीका पीडा लेखिएका छन् ।’

उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया