अष्ट्रेलियाका पूर्व बलर ब्रेट नेपाली टी-२० को मेन्टरमा नियुक्त

काठमाडौँ । अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगको मेन्टरको नियुक्त गरिएको हो ।
क्यानले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए । फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् ।
पहिलो संस्करणको नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदै छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लागि ६ टोलीको पनि टुङ्गो लागेको छ ।
पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसको आज तीन वटा बैठक बस्दै
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया