दुबईमा नेपालीबिच छुरा हानाहान, खोटाङका मेखराज ढकालको हत्या

खोटाङ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ।
अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो ।
सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन् ।
घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा करिब ८र१० मिनेटपछि ढकालको मृत्यु भएको थियो । छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए ।
उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन् ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया