आइतबार, माघ ११, २०८२

बुटवलमा विद्यालय हिँडेका ३ बालक बेपत्ता

मेरोन्यूज २०७९ भदौ २६ गते ७:४४

बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका ३ बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी २ दिनदेखि सम्पर्कविहीन भएका हुन्। उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन्।

इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले बालकहरू यहाँ छन भनेर अझै पुष्टि नभएको बताए।

प्रतिक्रिया