बुटवलमा हराएका तीन बालक मुम्बईमा ‘बेहोसी’ अवस्थामा भेटिए

बुटवल । बुटवलका तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए।
शुक्रबार विद्यालय जान जान भनेर घरबाट हिँडेका ३ बालक बेपत्ता थिए । मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको खुलेको छ । हराएका मध्ये विपि लम्सालका बुबाका अनुसार मुम्बईको केरला स्टेशनमा भेटाएको खबर हामीलाई शनिबार राती २ बजे आएको छ उनीहरुको होसमा छैन भन्ने खबर आएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरुलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान गरिने जानकार दिए । उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया