शुक्रबार, मंसिर १२, २०८२

अलमुताइरीले दिए प्रमुख प्रशिक्षकबाट राजीनामा

मेरोन्यूज २०७९ भदौ २६ गते १६:४०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

गत कात्तिकमा उनले नेपालमा तीन वर्ष काम गर्ने गरी सम्झौता गरेका थिए । उनले अखिल नेपाल फुटबल संघ एन्फासँग उक्त सम्झौता गरेका हुन् । उनका कारण १० जना खेलाडीले राष्ट्रिय टोली छाडेपछि उनी आलोचित हुँदै आएका थिए ।

विवादका बीच एसिया कप छनोट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी उतै थिए ।

प्रतिक्रिया