साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएर सेमिफाइनमा जाने नेपालको तयारी
मेरोन्यूज
२०७९ भदौ २७ गते ११:३४

काठमाडौं । साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएरसेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ ।
काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले सोमबार श्रीलंकासँग भिड्न लागेको हो । यता दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ ।
भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया