एएफसी यु-२० कतारसँग नेपाल पराजित

काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ । बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।
यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६०औं मिनेटमा पुनः गोल खायो ।
बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए । त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो ।
पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ । सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २–१ को कठिन जित निकालेको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो । यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया