मोदी र पुटिनबीच भेटवार्ता हुने

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन वैठकमा दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।
भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो ।
यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५–१६ मा उज्वेकिस्तानको समरकन्दमा हुने तय भएको छ । दुई नेताबीच रुसी मल, द्विपक्षीय खाद्य आपूर्ति, भारतीय बजारलगायतका विषयमा छलफल हुने भएको छ । रुस र भारतबीचको व्यापार कारोबार सन् २०२२ को पहिलो ६ महिनामा ११ दशमलब ५ अर्ब डलर पुगेको छ, जुन वार्षिक रूपमा लगभग १२० प्रतिशतले बढी हो । एजेन्सी











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया