तिलोत्तमामा श्रीमतीद्वारा श्रीमान्को हत्या
मेरोन्यूज
२०७९ भदौ ३० गते २०:४५

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । थारुको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।
केही वर्षअघि श्रीमान्ले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवी थारुले बानियाँसँग सात लाख ऋण सहयोगसमेत लिएकी थिइन् ।
जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया